Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

चेम्बरका अध्यक्ष र नेपालका लागि रसियाली राजदुतबीच भेट बार्ता

चेम्बरका  अध्यक्ष  र नेपालका लागि रसियाली राजदुतबीच भेट बार्ता

काठमाडौं, ३० भदौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालका लागि रसियाका राजदुत एलेक्सी ए. नोभिकोभसँग भेट वार्ता गरेका छन् । उक्त भेट वार्तामा ‘चेम्बर एक्स्पो २०२०’ को बारेमा ररियाली पक्षसँग छलफल भएको चेम्बरले जानकारी दिएको छ ।

अध्यक्ष श्रेष्ठले भेटका अवसरमा दुई पक्षीय व्यापारिक, आर्थिक सम्बन्ध विस्तारकाबारेमा छलफल गरेको जानकारी दिएका छन् । त्यस्तै सो अवसरमा दुबै मुलुकले एक आपसमा व्यापारिक प्रतिनिधि मण्डलको आदानप्रदान, व्यापार मेला तथा प्रदर्शनिमा सहभागिता जनाउनेबारे पनि छलफल भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x