नागरिक लगानी कोषको २४ औं साधारण सभा सम्पन्न, २२ प्रतिशत बोनस सेयर पारित

काठमाडौं, ३० भदौ । नागरिक लगानी कोषले सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । काठमाडौंमा सोमबार सम्पन्न २४ औं साधारण सभाले उक्त बोनस सेयर दिने निर्णय पारित गरेको हो ।

त्यस्तै सभाले कर प्रयोजनको लागि १ दशमलव १६ प्रतिशत नगद लाभांस पनि पारित गरेको छ ।
त्यसैगरी सभाले लेखापरीक्षको प्रतिवेदन सहितको २०७५ साल असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रबाह विवरण पनि पारित गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *