सेञ्चुरी बैंकद्वारा टिष्टुङ्गमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं, ३० भदौ । सेञ्चुरी कमर्सियल बैंकले थाहा नगरपालिकालाई लक्षित गरी टिष्टुङ्ग बज्रबाराहीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मुख्य विषयवस्तु सहुलीयतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै विधुतिय वित्त सम्बन्धी जानकारी दिएको थियो ।
उक्त कार्यक्रममा १ सय ५० जनाभन्दा बढीको सहभागीता रहेको बैंकले जनाएको छ । सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसँग बैंकको पहुंच बढाउन गाउँगाउँसम्म वित्तीय साक्षरता अभियान बैंकले सुरु गरेको एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।