Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

८ घातक रोगको स्वास्थ्य उपचार अन्तर्गत सञ्चयकर्तालाई चेक हस्तान्तरण

८ घातक रोगको स्वास्थ्य उपचार अन्तर्गत सञ्चयकर्तालाई चेक हस्तान्तरण

काठमाडौं, ३० भदौ । विगत ८ महिना अगाडी आफ्ना सञ्चयकर्ताहरुलाई विभिन्न प्रकारका ८ रोग लागेमा दिईने स्वास्थ्य उपचार सम्बन्धी सम्झौता अनुसार कर्मचारी सञ्चय कोष र राष्ट्रिय बीमा कम्पनीले ८ सञ्चयकर्तालाई एक समारोहकाबीच संयुक्त रुपमा चेक हस्तान्तरण गरेको छ । सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममा चेक हस्तान्तरण गर्दै कोषका प्रशासक तुलसी प्रसाद गौतमले यस व्यवस्थाबाट सञ्चयकर्ताहरुले आफ्नो औषधि उपचार सहज रुपमा विना कष्ट भुक्तानी गर्न सकेको बताए ।

साथै सञ्चयकर्ताले यस भुक्तानीबाट आफ्नो औषधि उपचार र दुबै कम्पनीले गरेको कार्यबाट आफूहरु सन्तुष्टी भएको पनि बताए । यसैगरी कार्यक्रममा राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.डिल्लिराज अर्यालले कुनै पनि सञ्चयकर्ताले निर्वाध रुपमा भुक्तानी गर्न सकेको बताए ।

हालसम्म यस व्यवस्थाका लागि १५ सय ८ जनाले आवेदन दिएका छन् । यो व्यवस्था अन्तर्गत ३८ जनाभन्दा बढीलाई भुक्तानी दिई सकेको कार्यक्रममा जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x