Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेप्सेमा आज पनि पहिरो, बजार १६.१८ अंकले घट्दा कारोबार ३४ करोड मात्र

नेप्सेमा आज पनि पहिरो, बजार १६.१८ अंकले घट्दा कारोबार ३४ करोड मात्र

काठमाडौं, ३० भदौ । साताको दोस्रो कारोबार दिन सोमाबार (आज) पनि नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा गिरावट आएको छ । आज नेप्से १६.१८ अंकले गिरावट आई ११२३.८३ विन्दुमा रोकिएको छ ।

१ सय ६९ कम्पनीको १२ लाख ४८ हजार ४ सय ९ कित्ता सेयर ३४ करोड ३९ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज सबैभन्दा बढी सेयर कारोबार छिमेक लघुवित्त विकास बैंक लिमिटेडको भएको छ । छिमेकको १ करोड ८० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

त्यस्तै आज नेप्सेमा सूचिकृत १२ समूहहरुमध्ये एक समूहको उपसूचकमा बृद्धि आएको छ भने अन्य ११ समूहको उपसूचकमा गिरावट आएको छ । उपसूचक बृद्धि हुने समूह ट्रेडिङ्ग रहेको छ । उक्त समूहको उपसूचक २.२९ प्रतिशतले बृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x