मुक्तिनाथ विकास बैंकद्वारा अटीजम केयर नेपाललाई सहयोग

काठमाडौं, ३० भदौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले अटीजम केयर नेपाल सोसाइटीलाई १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले कास्किमा रहेको उक्त अटीजम केयरलाई सस्ंथागत सामाजिक उत्तरदायित्व अन्तर्गत तालिम भवन निमार्णका लागि सहयोग गरेको हो । उक्त भुक्तानी चेक मार्फत गरिएको बैंकले जनाएको छ ।

आज एक कार्यक्रम आयोजना गरी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले अटीजम केयरका कोषाध्यक्ष सरु अधिकारीलाई उक्त १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । अटीजम केयरले कास्कि जिल्लामा अटीजम भएका बालबालिकाहरुको क्षेत्रमा विभिन्न तालिम तथा क्रियाकलापहरु गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले रेमिट्यान्स केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान पनि सञ्चालन गरेकोे बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *