Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रभु र लुम्बिनी बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २० पौष । प्रभु बैंकको ४० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्न आज शेयर खरिद गर्ने अन्तिम दिन हो । बैंकले ४० प्रतिशत हकप्रद बिक्री गर्न शुक्रबार बुक क्लोज गर्दैछ । प्रभुले माघ ७ गतेदेखि १०ः४ अनुपातमा २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रदको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नैपर्ने बाध्यता रहेको छ । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड १४ लाख २ हजार रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।
त्यसैगरी लुम्बिनी विकास बैंकले पनि पौष २१ गते नै बुक क्लोज गर्दैछ । सो सूचना अनुसार बैंकको आजसम्म शेयर खरिद गरेका लगानीकर्ताले बैंकले जारी गरेको १० प्रतिशत हकप्रद शेयर भर्न पाउने छ । धितोपत्र बोर्डले बैंकलाई गत पौष १३ गते हकप्रद शेयर निष्काशनको अनुमति दिएको थियो । बैंकको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बैंकको हाल चुक्ता पुँजी २ अर्ब रहेको छ भने १० प्रतिशत हकप्रद निष्काशन पछि २.२ अर्ब पुग्नेछ भने २.५ अर्ब चुक्ता पुँजी पु¥याउन रिजर्भमा भएको रकम र गत वर्षको नाफाबाट बोनस शेयर प्रदान गर्नुुपर्ने हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x