Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

१४औँ राष्ट्रिय औद्योगीक प्रदर्शनी सम्पन्न, २ करोड ५० लाख रुपैयाँको कारोबार

१४औँ राष्ट्रिय औद्योगीक प्रदर्शनी सम्पन्न, २ करोड ५० लाख रुपैयाँको कारोबार

काठमाडौं, २० पौष । फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ राष्ट्रिय औद्योगीक प्रदर्शनी सम्पन्न भएको छ । भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ७५ हजार दर्शकले अवलोकन गरेको तथा करिब दुई करोड ५० लाख रुपैयाँ वरावरको कारोबार भएको आयोजकले बताएको छ । प्रदर्शनी पौष १३ देखी १८ गतेसम्म संचालनमा रहेको थियो ।

प्रदर्शनीमा सर्वसाधारणदेखि सरकारका मन्त्री, उच्च पदस्थ कर्मचारी तथा पूर्वमन्त्री समेतले अवलोकन गरेका थिए । यस प्रदर्शनीको मुख्य आकर्षणको रुपमा स्वदेशमै गरिएको रबर खेती एवं उत्पादन तथा अपांगमैत्री जुत्तासमेत राखिएको र कुल १३५ बिक्रीकक्ष रहेको थियो । यस पटकको प्रदर्शनीमा कम्पनीहरुले आफ्नो स्टल व्यवस्थापनलाई भव्य बनाउन आकर्षक सजावट गर्नृुका साथै अन्तर्राष्ट्रिय स्तरको झझल्को प्रदान गरेका थिए ।

प्रदर्शनीको क्रममा हरेक दिन पनि रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य जाँच र साँझपख फेसन शो आयोजना गरिएका थियो । मेला अवधिभर आयोजना गरेको रक्तदान कार्यक्रममा ११२ पिन्ट रगत संकलन भएको छ । प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघले सहयोग गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x