Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआईसी एशिया बैंक र लोक सेवा आयोगबीच सम्झौता

एनआईसी एशिया बैंक र लोक सेवा आयोगबीच सम्झौता

काठमाडौं, ३ असोज । एनआईसी एशिया बैंक लिमिटेड र लोक सेवा आयोगबीच राजस्व संकलन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र लोक सेवा आयोगका सह–सचिव जानकीराम शर्मा बरालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार लोक सेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुर वापतको राजस्व एनआईसी एशिया बैंकमार्फत् संकलन गर्न सकिने छ । अब लोकसेवा आयोगका परीक्षार्थीहरुले उक्त बैंकका देशभरमा रहेका २ सय ९८ वटा शाखा कार्यालय र ७० वटा एक्स्टेन्सन काउण्टरहरुबाट आफूलाई पायक पर्ने स्थान गई परीक्षा दस्तुर बुझाउन सक्ने बैंकले जनाएको छ ।

हाल बैंकका ३ सय ५९ एटीएम र ४१ वटा शाखारहित बैंकिङ्ग सेवा रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x