Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

वाटर किपर अलाएन्सको दक्षिण एशियाली सम्मेलन सम्पन्न

वाटर किपर अलाएन्सको दक्षिण एशियाली सम्मेलन सम्पन्न

काठमाडौं, ५ असोज । वाटर किपर अलाएन्सको दक्षिण एशियाली सम्मेलन सम्पन्न भएको छ । काठमाडौंमा दुई दिन सम्म चलेको सम्मेलनमा दक्षिण एसिया क्षेत्रको नदि संरक्षणमा जोड दिँदै १२ बुदे घोषणा पत्रसहित सम्पन्न भएको हो । उक्त सम्मेलनले नदिलाई पिउन योग्य, पौडीन योग्य र प्रयाप्त माछा पाइने बनाउनु पर्नेमा जोड दिइएको थियो ।

सम्मेलनमा नेपाल वाटर किपरका संयोजक मेघ आलेले नदि संरक्षणमा वाटर किलरहरुले ठूलो योगदान गरेको बताए । नदिलाई पिउन, पौडन र माछा पाउने योग्य बनाउनु पर्नेमा जोड दिए ।

त्यस्तै पूर्वजलस्रोत मन्त्री दिपक ज्ञवालीले सरकारले जलस्रोतका क्षेत्र विशेष गरि नदि संरक्षणमा ध्यन दिनुपर्ने बताए । पछिल्लो समय जनसंख्या वृद्धिका कारण नदि अत्यान्तै दुषित हुँदै गएकोले सरकारले समयमा नै यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । नदिलाई समयमा नै संरक्षण गर्न नसके ठूलो क्षति व्यहोर्नु पर्ने उनको भनाई छ ।

सम्मेलनमा नेपाल सहित भारत, चिन, अमेरिका, बाङ्लादेश लगायत ४९ देशका नदि संरक्षण अभियन्ताहरको सहभागिता रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x