सनराइज बैंकको सुनवल शाखाद्वारा क्याम्पसलाई सहयोग

काठमाडौं, ६ असोज । सनराइज बैंक लिमिटेड नवलपरासीको सुनवल शाखाले महाकवि देवकोटा क्याम्पसलाई ३२ हजार रुपैयाँ बराबरका सामग्रीहरु प्रदान गरेको छ । बैंकको उक्त शाखाले आईतबार क्याम्पस सभा कार्यक्रममा सहयोग सामग्रीहरु हस्तान्तरण गरेको हो । उक्त सामग्री सुनवन शाखाका शाखा प्रमुख प्रकाश खनालले क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेलाई हस्तान्तरण गरेका हुन् ।

हाल बैंकले १ सय २२ वटा शाखा कार्यालय, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १ सय ४२ वटा एटीएममार्फत् सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *