
काठमाडौं, ६ असोज । एनआईसी एसिया बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केटबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ । बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत रकम वा अधिकतम एक हजार रुपैयाँसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौताअनुसार भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने बैंकका ग्राहकहरुले उपरोक्त छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसका साथै यस बैंकमा खाता नभएकाहरुले भाटभटेनी सुपरमार्केटमा रहेको एनआईसी एसिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत नयाँ खाता खोल्न मिल्ने व्यवस्था पनि गरिएको बैंकले जानकारी दिएको छ। त्यहीँबाट इन्स्ट्यान्ट कार्ड पनि प्राप्त गर्नसक्ने बैंकले जनाएको छ। यो योजना असोज ८ गतेदेखि कात्तिक १६ गतेसम्म लागू हुने जनाईएको छ।
हाल बैंकले २ सय ९८ शाखा कार्यालय, ३ सय ५९ एटीएम, ७० वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Leave a Reply