प्राइम लाइफले १२.५ प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौं, ८ असोज । प्राइम लाइफ इन्स्योरेन्सले १२.५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार सम्पन्न विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । सभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको १ करोड १७ लाख ४२ हजार ३ सय ३६ रुपैयाँ नगद लाभांशसमेत पारित गरेको हो । कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशनअनुसार चुक्ता पुँजी कायम गर्न विशेष साधारण सभा बोलाइएको जनाएको छ ।
कम्पनीले विभिन्न १६ किसिमका जीवन बीमालेखहरु प्रचलनमा ल्याएको जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *