सन्राइज बैंकको १२ औं वार्षिकोत्सवमा वित्तीय साक्षरता कार्यक्रम आयोजना
काठमाडौं, ८ असोज । सन्राइज बैंकले १२ औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘वित्तीय साक्षरता( हामी संग संगै’ भन्ने नारासहित वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
असोज २ गते पेपसी कोला शाखा र ३ गते पोखरा शाखाबाट कार्यक्रमको सुरुवात गरेको बैंकले असोज १० देखि १५ गतेसम्म बिरतामोड, मिरचैंया, नेपालगंज, सुरखेत र लम्कीलगायत देशभरका विभिन्न शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम गर्ने योजना बनाएको छ । असोज महिनालाई बैंकले १२ औं वार्षिकोत्सवपूर्ण महिनाको रुपमा मनाउने जनाएको छ ।