रिलायबलको ‘रिलायबल समुत्रति जीवन बीमा’ योजना सार्वजनिक

काठमाडौं, ८ असोज । रिलायबल लाइफ इन्स्योरेन्सले ‘रिलायबल समुन्नति जीवन बीमा’ योजना सार्वजनिक गरेको छ । रिलायबलले स्थापनाको दोश्रो बर्ष पुरा गरेको अवसरमा आवधिक धन फिर्ता योजना प्रचलनमा ल्याएको हो ।

यो योजनाअन्तर्गत बीमितको ईच्छाअनुसार बार्षिक अथवा प्रत्येक चार बर्षमा बीमाङ्कको तोकिएको प्रतिशतले हुने अग्रिम भुक्तानी रकम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यदी बीमा समाप्ति हुने समय अगावै बीमितको मृत्यु भएमा अग्रिम बीमाङ्क भुक्तानी रकम कट्टा नगरि पुरा बीमाङ्क र नियमानुसारको बोनस बराबर रकम भुक्तानी दिने व्यवस्था रहेको छ ।

यस योजनामा बीमा शुल्क छुट सुबिधा, स्थाइपूर्ण अशक्तता सुबिधा, दुर्घटना मृत्यु लाभ सुबिधा, घातक रोग सुबिधा र अस्पताल नगद सुबिधा पनि थप गरि लिन सकिने छ । हाल रिलायबलले ९२ वटा शाखाहरुबाट इन्स्योरेन्स सम्बन्धी सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *