Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

न्यायाधीश, कर्मचारी, वकिल र नेता मिलेर गैरकानुनी रुपमा ९२ रोपनी जग्गा हाउजिङको नाममा गरिदिएको खुलासा

न्यायाधीश, कर्मचारी, वकिल र नेता मिलेर गैरकानुनी रुपमा ९२ रोपनी जग्गा हाउजिङको नाममा गरिदिएको  खुलासा

काठमाडौं, ८ असोज । चन्द्रागिरि नगरपालिकाको बाँडभञ्ज्याङस्थित ९२ रोपनी दुई आना जग्गा वकिल, न्यायाधीश, मालपोत कर्मचारी र नेताले हाउजिंगलाई नामसारी गरिदिएका छन् । केन्द्रिय अनुसन्धान व्यूरो (सिआइबी) ले गरेको अनुसन्धानमा चारै पक्षको मिलेमत्तोमा मालपोत कार्यालय कलंकीले ०७२ मा सुयल हाउजिङ कम्पनीको नाममा गरिदिएको भेटिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले यो प्रकरणमा तीन वकिलसहित पाँचजनालाई पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाएको छ । घटनामा संलग्न वकिलहरू रामबहादुर शाह, योगेन्द्र पोखरेल र बाबुराम शर्मा रेग्मीलाई सिआइबीले पक्राउ गरेको छ । त्यस्तै, मालपोत कार्यालय कलंकीका तत्कालीन अधिकृत शिवकुमार रिमाल र नक्कली जग्गाधनी मीनाकुमारी थापा पनि पक्राउ परेका छन् । सो घटनाको अनुसन्धान पूरा गरी मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइएको सिआइबीले जनाएको छ ।

प्रहरीले उनीहरूविरुद्ध लिखतसम्बन्धी कसुर र संगठित अपराध मुद्दा चलाउन सरकारी वकिलसमक्ष प्रस्ताव गरेको छ । भू–माफियाको समूहले नक्कली लालपुर्जा बनाएको र न्यायाधीश तथा मालपोत कर्मचारीले त्यसलाई वैधानिकता दिएको प्रहरीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x