Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बक्यौता रकम उठाउन प्राधिकरणले गरयो ताकेता

बक्यौता रकम उठाउन प्राधिकरणले गरयो ताकेता

काठमाडौं, ८ असोज । नेपाल नागरिक उडड्यन प्राधिकरणले बक्यौता रकम उठाउन ताकेता गर्न थालेको छ । प्राधिकरणले मंगलबार एक सय ९५ कम्पनीको नाम र बक्यौता रकम नै पत्रिकामा सार्वजनिक गरेर ताकेता थालेको छ।

प्राधिकरणका अनुसार २ अबै बढी बक्यौता रकम रहेको छ। बन्द भएकादेखि सञ्चालनमा रहेका कम्पनीसमेतले रकम नबुझाएपछि नाम नै सार्वजनिक गरेर ताकेता थालेको प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले बताए। उनका अनुसार प्राधिकरण अब एक्सनमा नै जाने भएको छ । प्राधिकराणले भुक्तानीको लागि ३५ दिनको अवधि दिएको छ । सो अवधिमा पनि भुक्तानी नगर्नेलाई नेपाल नागरिक उडड्यन प्राधिकरण, विमानस्थल सेवा शुल्क नियामवली २०६७ अनुसार कारवाही गरिने प्राधिरकरणले बताएको छ ।

प्राधिकरणका अनुसार एयर एसियाले १८ करोड ९४ लाख २१ हजार ४ सय ५७ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यस्तै जेट एयरवेज ३ करोड ५५ लाख ७२ हजार, कस्मिक एयरले ३ करोड ४९ लाख, देशप्रेम इन्टरनेशनलले १ करोड ७५ लाख, गल्फ एयरले २ करोड २२ लाख, ग्रिन इन्टरनेशनल प्राइभेट लिमिटेडले १ करोड ४३ लाख लगायत एक सय ९५ कम्पनीले भुक्तानी गर्न बाँकी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x