Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल र अस्ट्रेलिया सरकार बिच हवाई सेवा सम्झौताको बाटो खुल्यो

नेपाल र अस्ट्रेलिया सरकार बिच हवाई सेवा सम्झौताको बाटो खुल्यो

काठमाडौ, ९ असोज । लामो समयको प्रयास पछि नेपालले र अस्ट्रेलिया सरकारसँग हवाई सेवा सम्झौता गर्ने अवसर पाएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैकठले सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई अस्ट्रेलिया सरकारसँग प्रारम्भिक हवाई सेवा सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरेको छ । विहिबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले हवाई सेवाको लागि प्रारम्भिक सम्झौता गर्न सक्ने निर्णय गरेको बताए ।

नेपालले ३९ वटा मुलुकसँग हवाई सम्झौता गरेको छ । लामो समयको प्रयास पछि अस्ट्रेलियासँगको सम्झौताको बाटो समेत खुलेको छ । अस्टे«लिया ४० औ मुलुक हो । तर, सम्झौता भएका मुलुकमध्ये करिब १६ वटा मुलुकमा मात्रै हवाई सेवा सुरु भएको छ । त्यस्तै, क्याडामा भै रहेको नागरिक उडड्यन संगठन (आईकाओ) को ४० औ सम्मेलनमा मन्त्रालय र अस्टे«लिया बिच हवाई सम्झौताका बिषयमा दुई पक्षिय छलफल हुने मन्त्रालयले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x