Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

७.२२ अंकको वृद्धिसंगै बन्द भयो नेप्से

७.२२ अंकको वृद्धिसंगै बन्द भयो नेप्से

काठमाडौं, २० पौष । हिजो २०.६३ अंकले गिरावट आएको शेयर बजारमा आज विहिबार भने ७.२२ अंकले सुधार भएको छ । शेयर बजार आज ७.२२ अंकले माथि उक्लेर नेप्से परिसुचक १४२८.८३ विन्दुमा पुगेको छ ।

विहिबार शेयर बजारमा उतारचढाप देखिएको छ । नेप्सेमा घट्बढ देखिए पनि शेयर बजार बन्द हुने समयमा भने नेप्से परिसुचक सकारात्मक भएको छ । २ साता निरन्तर ओरालो लागेको शेयर बजार सोमबार सुधार भएको थियो । यस्तै मंगलबार सामान्य सुधार देखाएको शेयर बजारमा हिजो बुधबार गिरावट देखिएको थियो । तर शेयर बजारमा कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसुचकमा हरियाली छाएको छ । निरन्तर घटिरहेको शेयर बजारमा सकारात्मक असर देखिनुले लगानीकर्ताहरुमा उत्साह छाएको छ । तर यो उत्साह दिगो हो या क्षणिक हो भन्ने अर्काे साता थाहा हुनेछ ।

यता निरन्तर घटिरहेको शेयर बजारमा सोमबार, मंगलबार र विहिबार केहि करेन्सन देखिएको छ । ‘शेयर बजारले घट्ने मात्र प्रवृति देखाउँदैन, बढ्ने प्रवृति पनि देखाउँछ,’ एक शेयरलगानीकर्ताले बताए । ‘घटेको बजारमा शेयरको मुल्य सस्तिएको छ र शेयर किन्नेले फाइदा देखेर किनेका छन्,’ उनले भने, ‘त्यसैको प्रभावले नेप्से माथि चढेको हो ।’

विहिबार शेयर बजारमा १५९ कम्पनीहरुको १३ लाख ६० हजार ३६७ कित्ता शेयरको किनबेचबाट ५४ करोड २० लाख ६९ हजार ७५५ रुपैयाँको कारोबार भएको छ । नेप्से परिसुचकसंगै विहिबार १० वटै समुहगत परिसुचकहरुको पनि कारोबार भएको छ । विहिबार व्यापार, होटल र विकास बैंकको परिसुचक बाहेक अरु सबै सुचकहरु हरिया भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x