श्रमिक आपूर्तिकर्ता संघ गठन

काठमाडौं, पुस २१ । श्रमिक आपूर्तिको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुले नेपाल श्रमिक आपूूर्तिकर्ता संघ (आउट सोर्सिङ एसोसिएसन नेपाल) गठन गरेका छन् । उक्त संगठनको श्रम तथा रोजगार मन्त्री फरमूल्लाह मन्सूरले उद्घाटन गरेका छन् । नेपालमा श्रमिक आपूर्तिको क्षेत्रमा काम गरिरहेका झण्डै ३,००० कम्पनीहरु छन् भने झण्डै २,००० सुरक्षा गार्ड प्रदान कम्पनीहरु छन् । यी कम्पनीहरुमार्फत् २ लाख ५० हजारले रोजगारी पाइरहेका छन् ।
पूर्व गैर आवासीय नेपाली तथा सुरक्षा गार्ड आपूर्ति गर्ने कम्पनी सञ्चालन गरिरहेका रामेश्वर साहको सभापतित्वमा उक्त संघ गठन भएको हो । यस क्षेत्रका व्यवसायीहरुको हक, हित तथा स्वनियमनलाई लक्षित गरेर उक्त संगठन गठन गरिएको अध्यक्ष रामेश्वर साहले जानकारी दिए ।
श्रम क्षेत्रको विकास, नीजिस्तरको सुरक्षा र श्रमिक आपूर्तिको क्षेत्रलाई व्यवस्थित र सुदृढ बनाउन संघले काम गर्ने अध्यक्ष रामेश्वर शाहले जानकारी दिए ।
श्रम आपूर्ति सम्बन्धी व्यवस्था गरेर पहिलो पटक नेपाल सरकारले हालै जारी गरेको श्रम ऐन २०७४ को संघले स्वागत गरेको छ । तर, श्रम नियमावलीको प्रस्तावित मस्यौदामा आपूर्तिकर्ता संघले असहमति जनाएको छ । उक्त मस्यौदालाई थप छलफल गरेर मात्रै अन्तिम निष्कर्षमा पुग्नुपर्ने संघले धारणा राखेको छ ।
त्यसैगरी संघले ट्रेड यूनियन, रोजगारदाता, सरकार लगायत सबैसँग मिलेर अगाडि बढ्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *