Date

शनि, कार्तिक २९, २०८२
Sat, November 15, 2025

व्यापारीले प्याज लुकाउन थालेपछि कृत्रिम अभाव सृजना

व्यापारीले प्याज लुकाउन थालेपछि कृत्रिम अभाव सृजना

काठमाडौं, १४ असोज। भारतले नेपालमा प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरुले लुकाउन थालेका छन् । सोमबार आपूर्ति व्यवस्थापन विभागले कालिमाटी तरकारी बजारमा अनुगमन गर्दा एउटै व्यापारीले ३ सय बोरा प्याज लुकाएको भेटिएको अनुगमन टोलीले बताएको छ। विभागले बजारका स्टलमा अनुगमनका लागि चार वटा टोली परिचालन गरेको थियो।

मन्त्रीका सचिवालय सदस्य सुरेन्द्र पुनका अनुसार गत हप्ता बजारमा अनुगमन टोली आएको पत्तो पाउनेबित्तिकै स्टल नं ५१९ का व्यापारी भागेका थिए। पुन ः सोमबार अनुगमन गर्दा स्टल र त्यहाँ रहेको १५० बोरा प्याज मात्रै देखाएर स्टोर लुकाउन खोजेका थिए। तर उनको स्टोरमा ३५० बोरा प्याज लुकाएको पाइएको छ। ‘बजारका पर्याप्त मात्रमा प्याजको स्टक छ। तर, केही ब्यापारीले कृत्रिम अभाव सिर्जना गर्न सक्ने भएकाले निरन्तर अनुगमन गरी कारवाही गर्छौं‘ पुनले भने।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *