Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

३२ जिल्लामा फोर जी सेवा शुभारम्भ

३२ जिल्लामा फोर जी सेवा शुभारम्भ

काठमाडौं, १५ असोज । ३२ जिल्लामा एकसाथ हाई स्पीड इन्टरनेट ‘फोर जी’ सेवाको शुभारम्भ भएको छ । बुधबार साँझ काठमाडौंमा उक्त फोर जी सेवामा मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले कुरा गर्दै उद्घाटन गरेका हुन् । कुनै–कुनै प्रदेशका मुख्यमन्त्रीहरुसँगको संवाद नबुझिएपछि यो ठूलो समस्या नभएको ओलीले प्रतिक्रिया दिँदै विस्तारै ठीक हुने बताए ।

यसअघि काठमाडौं र पोखरामा मात्र उपलब्ध फोर जी सेवा हाल सातै प्रदेशका कुल ३२ जिल्लाका प्रमुख शहरमा विस्तार गरिएको हो । मुख्य सहरअन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी लगायतमा फोरजी सेवा सञ्चालन भएको छ । त्यस्तै महोत्तरी, रुकुम, बागलुङ, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, कैलाली, कपिलवस्तुका सदरमुकाममा पनि फोरजी सेवा आजबाट सुरु भएको छ ।

मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x