राष्ट्रिय वाणिज्य बैंक कोटेश्वर शाखाद्वारा शुभकामना आदान-प्रदान

काठमाडौं, १५ असोज । राष्ट्रिय वाणिज्य बैंक कोटेश्वर शाखा कार्यालयले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । बुधबार शाखाले नेपालीहरुको महान चाडपर्व विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् र छठ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा प्रदेश नम्बर ३ का प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत, कठमाडौ महानगरपालिका वडा नं. ३२ का अध्यक्ष नवराज पराजुली, कोटेश्वर व्यवसायी संघका अध्यक्ष सरोज थापा लगायतले शुभकामना आदानप्रदान गरेका थिए ।

हाल बैंकले २ सय ३८ वटा शाखा कार्यालय, २ सय ४ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा गरेको जनाएको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैयाँ, कर्जा १ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *