Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कात्तिक १ गतेबाट निर्माणाधिन विद्युत आयोजनाको काम बन्द गर्ने ऊर्जा उत्पादकहरुको चेतावनी

कात्तिक १ गतेबाट निर्माणाधिन विद्युत आयोजनाको काम बन्द गर्ने ऊर्जा उत्पादकहरुको चेतावनी

काठमाडौं, १५ असोज । ऊर्जा उत्पादकहरुले निर्माण हुँदै गरेका आयोजनाहरु कात्तिक १ गतेबाट बन्द गर्ने चेतावनी दिएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारले विद्युत उत्पादनमा दिने अनुदान रकम समयमा नै नदिए आउँदो कात्तिक १ गतेबाट निर्माण प्रक्रिया स्थगित गर्ने चेतावनी दिएका हुन् ।

कम्पनीसँग विद्युत प्राधिकरणले सस्तो युनिट दरमा विद्युत किन्ने र ग्राहकलाई महँगोमा बेचेर नाफा कमाईरहेकोले आफूहरु मारमा परेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालका उपाध्यक्ष कुमार पाण्डेले बताए । ऊर्जा उत्पादकहरुका अनुसार प्राधिकरणले सामान्यतर्फ पर युनिट ४ रुपैयाँ दिएको छ भने ठूला आयोजनाबाट उत्पादित विद्युतलाई पर युनिट ६.४५ रुपैया दिने गरेको छ ।

प्राधिकरणले दिने उक्त पर युनिट दरले उनीहरुले लिएको बैंकको व्याज पनि तिर्न नपुगेको उनले बताए । घाटामा आफूहरुले यस्ता आयोजना नबनाउँने भन्दै सरकारले चाहे कम्पनीको सबै स्वामित्व बुझाईदिएर यो झण्झटबाट मुक्त हुने जानकारी दिए ।

त्यस्तै सरकारले समयमा नै आफ्ना मागहरु पुरा नगरे चरणबद्ध आन्दोलनमा उत्रने ऊर्जा उत्पादकहरुको भनाई छ । निजी क्षेत्रबाट निर्माणाधिन विद्युत आयोजनाहरु १ सय २० वटा २ हजार ६ सय १४ मेगावाट क्षमताका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x