महासंघमा प्रत्यक्ष निर्वाचित अध्यक्षको माग गर्दै उपाध्यक्षहरु

काठमाडौं, १६ असोज । नेपाल उद्योग बणिज्य महासंघको आगामी निर्वाचनमा अध्यक्षको चयन प्रत्यक्ष निर्वाचन मार्फत हुनुपर्ने भन्दै महासंघका तीन उपाध्यक्ष सहित पूर्व वरिष्ठ उपाध्यक्षले विधान शंसोधनको माग गरेका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले प्रत्यक्ष चुनावबाट अध्यक्षको चयन र विशिष्ट सदस्यको पद खारेज नहुने शंसोधन प्रस्ताव गरेका हुन् ।

महासंघका वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल, किशोर कुमार प्रधान र उमेशलाल श्रेष्ठ सहित महासंघबाट बाहिरिएका पूर्व बरिष्ठ उपाध्यक्ष भास्कर राजकर्णिकारले यस्तो प्रस्ताव गरेका हुन् । महासंघका विशिष्ठ सदस्य चण्डीराज ढकालको नेतृत्वको विधान संशोधन समितिले अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन आवश्यक रहेको सुझाव सहित संशोधन प्रस्ताव महासंघको कार्य समितिलाई पेश गरि सकेको छ । सयै बिषयमा छलफल गर्न महासंघको विशेष साधारणसभा कार्तिक २९ गतेका लागि बोलाइएको छ । जसका विधान संशोधनका लागि ३५ बुँदे प्रस्ताव पेश गरिनेछ ।
महासंघको निर्वाचन नजिकिदै जाँदा पूर्वअध्यक्ष ढकाल गोल्छालाई अध्यक्ष बन्न नदिने दाउमा छन् भन् अन्य पूर्वअध्यक्षहरु गोल्छाको पक्षमा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *