लुम्बिनी जनरललाई २० प्रतिशतका दरले हकप्रद जारी गर्न अनुमति प्राप्त

काठमाडौं, १६ असोज । लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले १०ः२ अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।
यसको बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटलले रहेको छ । कम्पनीले हकप्रद सेयर बिक्री गर्न असोज २७ गते बुक गर्दैछ । असोज २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र उक्त हकप्रद दाबी गर्न सक्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।