Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सरकारले बिक्रीका लागि ल्याएका अधिकांश खसीबोका सकिए, च्याग्रा भने बिक्री गर्नै मुश्किल

सरकारले बिक्रीका लागि ल्याएका अधिकांश खसीबोका सकिए, च्याग्रा भने बिक्री गर्नै मुश्किल

काठमाडौं, १६ असोज । सरकारले दशैंका लागि बिक्री गर्न ल्याएको सहुलियत दरका अधिकांश खसीबोका बिक्री भइसकेका छन् । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत सोमबार देखि खसिबोका तथा च्याग्रा बिक्री सुरु गरेको थियो । यो वर्ष एक हजार खसीबोका र एक हजार नौ सय २० च्याग्रा बिक्रीका लागि ल्याइएको छ । ति मध्ये खसीबोकाहरु ५० वटा भन्दा कम भएपनि अधिकांश च्यांग्रा भने विक्री नै भएको छैन ।

बाँकी रहेका खसीबोकाहरु पनि साना र दुब्ला भएको सर्वसाधारणहरुको गुनासो छ । आज बिहान खसी खरिद गर्न आएका सर्वसाधारणहरुले चाहेको जस्तो खसी पाउँन नसकेको गुनासो गरे । उनीहरुका अनुसार सरकारको यो कदम राम्रो भएपनि सिमित खसीबोकाहरु ल्याएकाले सहजै चाहेको जस्ता खसीबोकाहरु पाउन सकिएको छैन । आज बिहानसम्म करिब २२ सयभन्दा बढी खसीबोका र च्याग्रा विक्री भइसकेको कम्पनीका अञ्चल प्रवन्धक रनबहादुर बुढाथोकीले जानकारी दिए ।

कम्पनीले वीरगञ्ज, तुलसीपुर लगायतका जिल्लाबाट खसीबोका र मुस्ताङ्ग सहित केही हिमाली जिल्लाबाट च्याङ्ग्रा ल्याउने हो । सरकारले अघिल्ला वर्षको तुलनामा यो वर्ष बढी खसीबोका तथा च्यांग्रा बिक्रीका लागि ल्याएको छ । अघिल्लो वर्ष १५ सय देखि २ दुई हजारसम्म खसीबोका बिक्री भएको थियो । सहुलियत मूल्यमा खसीबोकाहरु पाउँने भएकाले धेरै मात्रामा सर्वसाधारणलाई फाईदा पुगेको प्रतिक्रिया छ । पहिला आउनेले छानेर लाने भएकाले बाँकी खसीबोकाहरु साना र दुब्दो भएपनि स्वास्थ्य परिक्षण गरेर राख्ने भएकाले स्वस्थ रहेको बुढाथोकीले बताए । दशैंमा ३३ लाख खसिबोका खपत हुने अनुमान गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x