Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

एनआरएनएको उपाध्यक्षमा धर्मराज अधिकारीको उम्मेदवारी

एनआरएनएको उपाध्यक्षमा धर्मराज अधिकारीको उम्मेदवारी

काठमाडौं, १८ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा धर्मराज अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । लामो समय देखि अष्ट्रेलियालाई कर्मस्थल बनाएका अधिकारी एनआरएनएको ओसेनिया क्षेत्रीय संयोजक हुन ।

विदेशमा रहेका नेपालीहरुको समस्यालाई सम्बोधन गर्दै उनीहरुको ज्ञान, सिप र पुँजीको माध्यमबाट नेपालको समृद्धिको अभियानमा साथ दिन आफुले उम्मेदवारी दिएको उनले बताए । यसबाहेक दोहोरो नागरिकताको स्पष्टता, एनआरएनएको लगानीमा सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र दक्षता, नलेज र इनोभेसन सहित नेपाल सरकारले भर्खरै अघि सारेको ब्रेन गेनको विषयलाई प्रमुख एजेन्डाकारुपमा अघि सारेका छन् ।

एनआरएनएको यही असोज २८ देखि काठमाडौंमा विश्व सम्मेलन हुँदैछ । सम्मेलनले ८० भन्दा बढी देशका एनआरएनएहरुको सहभागितामा नयाँ नेतृत्व चयन गर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x