महरा पक्राउ

काठमाडौ १९ असोज । बलात्कार प्रयासको आरोपमा निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । आफनै सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलत्कारको प्रयास गरेको आरोपमा प्रहरीले उनकै निवास बालुवाटारबाट पक्राउ गरेको हो ।

आईतबार काठमाडौ जिल्ला अदालतको आदेश पाएपछि प्रहरीले महरालाई पक्राउ गरेको गरेको हो । प्रहरी बृत बानेश्वरका डिएसपी दुर्गाराज रेग्मी सहितको टोलीले उनलाई पक्राउ गरेको हो ।
बलात्कारको प्रयास गरेको भन्दै शाहीले गत शुक्रबार निवर्तमान सभामुख महरा विरुद्ध प्रहरीमा उजुरी दिएकी थिईन् । गत असोज १२ गते आईतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुने स्थित डेरामा पुगेका थिए । शाहीले भोलिपल्ट मिडियाहरुमा महराल आफुलाई बलात्कार गरेको बताएकी थिइन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *