Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

नेपाल–चीन रेलमार्गको सम्भाव्यता अध्ययन हुने

नेपाल–चीन रेलमार्गको सम्भाव्यता अध्ययन हुने

काठमाडौं, २६ असोज । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल–चीन रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन्। दुईदिने भ्रमणको पहिलो दिन शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै राष्ट्रपति सीले उक्त घोषणा गरेका हुन्।

‘हामी चीन–नेपाल हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरू गर्नेछौं,’राष्ट्रपति सीले भने, ‘काठमाडौंबाट केरुङसम्मको सुरुङ मार्ग परियोजना अगाडि बढाउन हामी सक्रिय हुनेछौं। अरनिको राजमार्गलाई विभिन्न चरणमा स्तरोन्नति गरेर सञ्चालनमा ल्याउनेछौं।’ दुई देशबीच बहुआयामिक ुकनेक्टिभिटी सञ्जाल निर्माण गर्न बढीभन्दा बढी नाका खोलेर सञ्चालनमा ल्याउने प्रतिबद्धता उनले गरे ।

नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मदत गर्ने भन्दै उनले त्यसबाट दुई देशका जनताबीच समझदारी बढ्ने विश्वास व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *