Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रधानमन्त्री ओलीलाई परिसंघको ध्यानाकर्षण, आर्थिक क्षेत्रका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानमन्त्री ओलीलाई परिसंघको ध्यानाकर्षण, आर्थिक क्षेत्रका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं, २७ असोज । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आर्थिक तथा औद्योगिक क्षेत्रका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वको टोलिले प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटबार्ता गरेको हो ।

सो भेटमा प्रधानमन्त्री ओलीले आर्थिक, औद्योगिक तथा व्यवसायिक क्षेत्रका समस्याबारे आफु गम्भिर रहेको भन्दै समाधान गर्दै जाने विश्वास दिलाएका छन् । चीनका राष्ट्रपति सि चिनफिङको भ्रमणको प्रसंग उल्लेख गर्दै ओलीले आर्थिक तथापूर्वाधार विकासमा नयाँ अवसरहरु प्राप्त भएकाले त्यसको उपयोग गर्न निजी क्षेत्र तत्पर हुनु पर्ने बताए ।

परिसंघका अध्यक्षमोरले चीनका राष्ट्रपतिको भ्रमण अत्यन्तै सफल भएकोमा प्रधानमन्त्रीलाई बधाइ दिए । उनले राष्ट्रपति सीको भ्रमणका क्रममा भएको सम्झौतातथा समझदारीले हिमाल सीमापार÷बहुआयामिक सम्पर्क विस्तारमा थप महत्व दिएकोले यसबाट निजी क्षेत्र उत्साही भएको जानकारी दिए । त्यसको कार्यान्वयनका लागि तिब्र सक्रियताको खाचो रहेको मोरले उल्लेख गरे ।

प्रधानमन्त्रीसँगको भेटमा परिसंघको तर्फबाट अध्यक्ष मोर सहित निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु निर्वाण चौधरी, विरेन्द्रराज पाण्डे र राष्ट्रिय परिषद सदस्य अनलराज भट्टराईको सहभागिता रहेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x