Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

जग्गा खरिदमा ठगिएको एनआरएनएका महासचिव बद्रि केसीको स्पष्टोक्ति

जग्गा खरिदमा ठगिएको एनआरएनएका महासचिव बद्रि केसीको स्पष्टोक्ति

काठमाडौं, २७ असोज । गैर आवसीय नेपाली संघ (एनआरएनए)का महासचिव बद्रि केसीले बालुवाटार जग्गा खरिदमा आफूहरु ठगिएको बताएका छन् । यही असोज २७ देखि ३० सम्म हुन गईरहेको एनआरएनएको ९ औं अन्तर्राष्ट्रिय सम्मेलनको तयारी बारेमा जानकारी दिन आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले जग्गा खरिदमा सर्वसाधारण ठगिएझै संघ पनि ठगिएको जानकारी दिएका हुन् ।

पैसा तिरेर किनेको र लालपूर्जा संस्थाकै नाममा रहेको उनको जिकिर छ । मुद्दा प्रक्रियामा रहेको र लालपूर्जा पनि अफूहरुसँग भएकाले अहिलेसम्म उक्त गग्गा एनआरएनएको नै भएको महासचिव केसीले भनाई छ ।

उनका अनुसार सरकारको गैर जिम्मेवारीपनका कारण यस्तो हुन गएको हो । यो विवादलाई सल्ट्याउन पर्ने आगामी नेतृत्वलेको चुनौति रहेकोले त्यस तर्फ नेतृत्व सजग हुनु पर्ने जोड दिए ।

त्यस्तै नेतृत्वका लागि मैदानमा उत्रिएका कुल आचार्यले आफ्नो मूल एजेण्डाको रुपमा यो समस्या समाधान गर्नु रहेको बताए । उनले आगामी निर्वाचनमा निर्वाचित भए यसलाई टुङ्गो लगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x