Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सोमबार सेयर बजारमा १२.०५ अंकको गिरावट

सोमबार सेयर बजारमा  १२.०५ अंकको गिरावट

काठमाडौं, २७ असोज । साताको पहिलो कारोबार दिन सोमबार (आज) सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज बजार १२.०५ अंकले घटेर १३३६.९६ को विन्दुमा रोकिएको छ।

चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको अवसर पारेर आइतबार सरकारले सार्वजनिक बिदा दिएपछि सेयर कारोबार भएन् ।

आज कारोबारमा आएका मध्ये म्यूचुअल फन्ड बाहेक बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी होटल समूहमा ५३.६६ अंकको गिरावट आएको छ । त्यस्तै निर्जीवन बीमामा ४९.५३ र जीवन बीमामा ३७.१ अंकको गिरावट आएको छ।

कारोबार भने १ सय ५४ कम्पनीको २१ करोड ८६ लाख ३५ हजार ६ सय ९१ रुपैयाँको भएको छ। त्यसमा प्रभु बैंकको सबैभन्दा धेरै अर्थात २ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x