
काठमाडौं, २७ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए) को भावी नेतृत्वका लागि कुमार पन्त र कुल आचार्य मैदानमा ओर्लिएका छन् । यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका उनीहरु विश्व सम्मेलनको मिति नजिकिएसँगै प्रचारलाई थप तीब्र पार्नुका साथै टिम निर्माणमा जुटेका छन् ।
कुल आचार्यले चार उपाध्यक्ष र महासचिव सहितको टिम सार्वजनिक गरेका छन् । उनको टिमबाट उपाध्यक्षहरुमा केशव पौडेल, नरेन्द्र भाट, मन केसी र रविना थापा छन् । त्यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटा छन् । सहकोषाध्यक्ष सहित अन्य टिम निर्माणको लागि छलफल भइरहेको बताइएको छ।
उत्ता पन्तले भने बद्रि केसी, धर्मराज अधिकारी, सपिला राजभन्डारी, हिक्मत थापा,सोनाम लामा, शिवकुमार बरुवाल, आर.के शर्मा, हेमराज शर्मा,अर्जुन कुमार श्रेष्ठ, गौरि जोशी, महेश कुमार श्रेष्ठ र लोक प्रसाद दाहाल सहितको टिम निर्माणको अन्तिम तयारी गरेको बुझिएको छ । तर दुबै टिमको पदिय बाँडफाँड भने भइसकेको छैन ।
संघमा ४२ जना पदाधिकारी रहने व्यवस्था छ । मंगलबार देखि काठमाडौंमा सुरु हुने सम्मेलनका लागि अधिकांश प्रतिनिधिहरु नेपाल आइसकेका छन् । बालुवाटारमा रहेको एनआरएनए हेडक्वाटरमा चहल पहल निकै बढेको छ।
एनआरएनए स्थापना भएको पछिल्लो १६ वर्षमा डा. उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घले र भवन भट्टले नेतृत्व गरेका छन् । भावी नेतृत्वका दावेदार पन्त र आचार्य दुवै गैर आवासीय नेपाली आन्दोलनको शुरुवातदेखि नै संगठनमा सक्रिय छन् ।
Leave a Reply