Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

एनआईसी एसियाको म्युचुुुएल फन्ड माघ २ बाट बिक्रीमा

एनआईसी एसियाको म्युचुुुएल फन्ड माघ २ बाट बिक्रीमा

काठमाडौं, २१ पौष । एनआईसी एसिया बैंकको सहायक कम्पनी एनआईसी एसिया क्यापिटलले एक अर्ब रुपैयाँको १० करोड इकाईको म्युचअल फण्ड माघ २ गतेदेखि निष्काशन गर्ने भएको छ । क्यापिटलले एनआईसी एसिया ग्रोथ फण्ड नामको ईकाई विक्रीमा ल्याउन लागेको हो ।
यो सामुहिक लगानी कोष सात बर्षे बन्दमुखी योजना हो । क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको दश करोड ईकाइ बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात एक करोड पचास लाख इकाई कोष प्रबद्धक एनआइसी एशिया बैंक र क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी आठ करोड ५० लाख इकाई सर्वासाधारणलाई बिक्री गरिने क्यापिटलले जनाएको छ । न्यूनतम एक सय इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन गर्न सकिने व्यवस्था छ । बढी माग आवेदन परेमा फण्डको आकार २५ प्रतिशतसम्म बढाउन सकिने व्यवस्था रहेको छ । फण्डमा आवेदन गर्ने अन्तिम दिन माघ ८ गते रहेको छ ।
उक्त फण्ड जारी गर्न धितोपत्र बोर्डले पुस ११ गते अनुमति प्रदान गरेको थियो । पछिल्लो समयमा धितोपत्र बजारमा फरक लगानीको स्रोतका रुपमा विकास हुँदै गरेको म्युचुअल फण्डमा लगानीकर्ताको समेत थप आकर्षण बढ्दै गएको छ । एनआईसी क्यापिटलले शेयर निष्काशन तथा विक्रीप्रबन्धक सँगै, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x