राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’को सुरुवात

काठमाडौं, ३० असोज । राष्ट्रिय वाणिज्य बैंकले युवा लक्षित कार्यक्रम ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’को सुरुवात गरेको छ । बैंकले युवा वर्गका लागि गर्नुपर्ने सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रमको सुरुवात गरेको हो ।

फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले सुरु गरिएको सो एकेडेमीबाट युवावर्ग लगायत सबैले फाइदा लिन सक्ने बैंकले जनाएको छ। एकेडेमीले २०७६ कार्तिक १ गतेबाट निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तीन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ विषयगत तयारी कक्षा संचालन गर्दैछ । पहिलो चरणको ट्रेनिङ्ग, प्रदेश नं ३ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीलाई लक्षित गरी आवेदन आव्हान गरिएको छ ।

वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्वारा निःशुल्क रुपमा दिइने तालिम, बैंकको दरबारमार्गस्थित तालिम केन्द्रमा आगामी कार्तिक २२, २३ र २४ गते आयोजना हुने जानकारी दिइएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *