अराजक एनआरएनएबाट के सिक्ने नेपालीले !

काठमाडौं, २ कात्तिक । घटना १ : गत भदौ महिनामा गैरआवासिय संघ (एनआरएनए) का पूर्व अध्यक्ष भवन भटट्लाई सिल्क एयरले बिमानबाट उतारयो । अधिक मदिरा सेवा गरी उडानदलका सदस्यलाई अभद्र व्यवहार गरे पछि सिल्क एयरले उनलाई उडानबाट निकालेको हो ।

त्रिभुनव बिमानस्थलबाट सिंगापुर उड्ने तयारीमा रहेको सिल्क एयरलाईन्सको बिमानमा मदिरा सेवन गरेर हो हल्ला गर्दै बिमान दलमा रहेका सदस्यलाई अभद्र व्यवहार गरेपछि एयरलाईन्सले बिमानस्थल प्रहरीको सहयोगमा बिमानबाट निकालेको हो ।

घटना २ : एक सात अघि एनआरएनको नबौ सम्मेलमा सहभागी हुन अष्ट्रेलियाबाट आएका एक प्रतिनिधिले काठमाडौ स्थित त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको काउण्टरको सिसा तोडफोड गरे । बिमानस्थलमा लामो समय लाइनमा बस्नु परेको भन्दै नेपाली मुलुका एनआरएन रमेशकुमार थापाले अध्यागमन विभागको काउण्टरमा तोडफोड गरेका थिए । उनलाई प्रहरीले तत्कालै नियन्त्रणमा लियो । ५० हजार जरिवाना गरायो ।

एनआरएनए भटट् र थापाले गरेका घटना प्रतिनिधि मात्रै हुन् । पछिल्लो समय एनआरएनएको अभद्र र अनुशासन हिन बन्दै गएको विभिन्न घटनाहरुले देखिन थालेको छ । सभ्य र शिष्ट मानिएका एनआरएनएले देखाएको गतिविधिले आम नेपालीको उनीहरुको प्रतिको दृष्टिकोण नै परिवर्तन भएको छ ।

एनआरएन सम्मेलनमा जे देखियो
नेपाल र नेपालीको हितमा सक्रिय मानिएको एनआरएनएले ह्यात होटलको सम्मेलनमा देखाएको चरित्रले उनीहरुले जुनसुकै मुलुकमा पुगे पनि उनीहरु अझै सभ्य बन्न नसकेको देखाउँछ ।
ह्यात होटलको सम्मेलनमा कुनै पनि कुराको व्यवस्थापन थिएन । त्यति मात्रै हैन रात्री भोजको क्रममा प्लेट जथाभावी फयाक्ने, बोतल जथाभावी फाल्ने लगायतका दृश्य देखिन्थ्यो । कतिपय एनआएरएन प्रतिनिधिहरु ह्यात होटलको परिसरमा नै खुल्ला रुपमा शौच गरी रहेका थिए । होटलमा प्रशस्त मात्रामा शौचालय हुदा हुँदै कथित सम्भ मानिएका एनआरएनले बाहिर गरेको शौचको दृश्यले उनीहरुमा कति सभ्य रहेछन् भन्ने कुरा स्पष्ट देखिन्थ्यो ।

त्यस्तै, नेपालका नेताहरुलाई रात दिन नै गाली गरेर नथाक्ने एनआरएनएहरु पनि राजनीतिबाट अछुत नरहेको पनि सम्मेलनले देखायो । निर्वाचनमा प्रष्ट रुपमा दुई वटा पक्ष देखियो । अध्यक्षका विजयी उम्मेदवार कुमार पन्तलाई सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीको समर्थन र अर्का दावेदार कुल आचार्यलाई नेपाली कांग्रेसको साथ देखियो । सम्मेलनमा शिष्ट व्यक्ति भन्दा पनि पार्टीको कार्यकर्ताको उपस्थिति बढी देखिन्थ्यो । सम्मेलनस्थल बाहिर पुग्ने दुवै दलका कार्यकर्ता सहितले आफनो पक्षका उम्मेदवारलाई जिताउन भन्दै चर्को नाराबाजी गरे । त्यति मात्रै हैन मतदान खरिदका लागि चर्को मोलमलाई हुदै गरेको पनि देखियो । प्रयोजकमा ल्याईएका कतिपय मतदाताहरु भने सम्मेलनको आनन्द लिई रहेका थिए । उनीहरुले सक्षम नेताको खोजी भन्दा पनि प्रायोजित गरिदिने नेताको गुणगान गाउँदै थिए ।

अराजक एनआरएन
असोज २८ गते देखि नेपालको ह्यात होटल गैरआवासीय नेपाल (एनआरएन) को नबौ विश्व सम्मेलन सुरु भयो । सम्मेलनमा विभिन्न बिषयमा छलफल र निर्वाचनको तालिका थियो । राष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सम्मेलनको उद्घाटन गरेका थिए । पहिलो दिन विभिन्न छलफलका कार्यक्रम राखिएका थिए । दोस्रो दिन ३ बजे देखि निर्वाचन तोकिएको थियो । तेस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा कार्यक्रम समापन हुने तालिका थियो ।

तर, आयोजक कमिटिले तोकेको कुनै पनि कार्यक्रम समयमा भएनन् । विभिन्न बिषयमा राखिएका अधिकांश कार्यक्रम रद्ध भए । त्यस्तै, तोकिएको दिनमा निर्वाचन समेत हुन सकेन । ३ बजे तोकिएको निर्वाचन बेलुका ८ बजे मात्रै सुरु भयो । त्यो पनि प्राविधिक समस्याका कारण देखाई निर्वाचन स्थगित गरियो । निर्वाचन समयमा सुरु नभएको भन्दै एनआरएनएका केही प्रतिनिधिले नाराबाजी गरे । नाराबाजी मात्रै सिमित नरहेका उनीहरुले होटलको कुर्सीहरु तोडफोड समेत गरे । भिड अनियन्त्रित भए पछि प्रहरी लाठी चार्ज गर्नु परेको थियो । त्यसबाट केही एनआरएनएहरु घाइते समेत भए ।

एनआरएनएप्रति नेपालीको दृष्टिकोण
नबौ सम्मेलनका क्रममा बैदेशिक रोजगार, पर्यटन, नीतिगत व्यवस्था, लगानी लगायतका बिषयमा छलफल राखिएका थिए । जसले नेपालको विकासमा एनआरएनएको भूमिका र सहकार्यका लागि एउटा खाका कोर्ने अपेक्षा गरिएको थियो । तर, सम्मेलन यस्ता कार्यक्रममा भन्दा पनि निर्वाचनमा मात्रै केन्द्रित भयो । निर्वाचनमा बढी राजनीति हावी हुँदा कार्यक्रमहरु रद्ध भए । सम्मेलनमा राजनीति हावी भएको भन्दै एनआरएनएका पूर्व उपेन्द्र महत्तोले सम्मेलन नै बहिष्कार गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेता डा. चन्द्र भण्डारीले गैर आवासिय नेपालीहरुको गतिविधिबाट निराश भएको बताए । उनले स्टाटस लेख्दै सम्मेलनमा उपस्थित विदेशमा हुर्केका बसेका बाहिरबाट हेर्दा सुकिला अनुशासित मर्यादित जस्ता देखिने टाई सुटमा सजिएकाहरुले आफनो देशका नेपालीलाई केही सिकाउलान भन्ने आशा पनि निराशामा परिणत भयो । हामी कहिले सुध्रिने भन्ने अभिव्यक्ति दिए ।

नेपालका नेतृत्व मात्रै आम नेपाली नै एनएआरएनएले देखाएको चरित्रबाट निराश छन् । विश्वको विकशित मुलकमा बसेर उत्कृष्ट शिक्षा, प्रविधिको अभ्यास र ज्ञान लिएका नेपालीले आम नेपालीलाई केही सिकाउँलान् भन्ने अपेक्षा थियो । शिष्ट, सभ्य, समयपरक, अनुशासित मानिएका एनआरएनए उनीहरुले अझै सिक्नु पर्ने धेरै कुरा बाँकी रहेको देखाउँछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *