Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अमेरिकी प्राविधिक कम्पनी सिथोसको आर्टिफिसयल इन्टिलिजेन्स सेवा नेपालमा

अमेरिकी प्राविधिक कम्पनी सिथोसको आर्टिफिसयल इन्टिलिजेन्स सेवा नेपालमा

काठमाडौं, ३ कात्तिक । सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको अमेरिकी कम्पनी सिथोसले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ । अमेरिकामा केन्द्रिय कार्यालय भएको सिथोसले भारतमा पनि सेवा प्रदान गर्दै आएको छ ।

नेपालको बैंकिङ क्षेत्र मार्फत सूचना प्रविधि तथा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को सेवा प्रदान गर्ने गरी नेपाल भित्रिएको घोषणा गरिएको हो । सिथोस अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले आर्टिफिसियल इन्टिलिजेन्स नेपालमा ज्यादै आवश्वक भएकाले सिथोस नेपाल प्रवेश गरेको बताए । नेपालको बैंकिगं प्रणालीमा रिस्क मेनेजमेण्ट, ह्याकिगं लगायतका समस्या न्युनीकरणमा सिथोसको एआई प्रणालीले सहयोग पुर्याउने विश्वास जिसीको छ ।

कम्पनीले बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टिलिजेन्स मार्फत ग्राहकलाइ सेवा प्रदान गर्छ । त्यसका साथै कर्जाको भ्यालुएसन र कर्जा दिन मिल्ने रकमलाइ समेत गणना गरी छिटो छरीतो र प्रभावकारी सेवा प्रदान गर्छ । सिथोसले बैकिङ क्षेत्रको नियमन, परिपालना तथा सम्भावीत ठगीलाइ पहिचान तथा नियन्त्रण गर्ने प्रविधिक सेवा प्रदान गर्ने सिथोस नेपालका अध्यक्ष दक्ष पौडेल सुवासले जानकारी दीए । उनले भने, ‘सिथोसले बैंकिङ क्षेत्रमा मात्र नभई आर्टिफिसियल इन्टिलिजेन्सले धेरै क्षेत्रको व्यवसाय व्यवस्थापनलाई सरल र सहज बनाईदिने छ, यसले नेपालको बैंकिङ क्षेत्रको प्राविधिक पक्षलाई पनि झनै मजबुत र अझै सरल बनाउन सहयोग गर्नेछ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x