Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेयर कारोबारमा सुस्तता

सेयर कारोबारमा सुस्तता

काठमाडौं, ३ कात्तिक । कात्तिक महिनाको पहिलो कारोबार दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुस्तता छाएको छ । आज नेप्सेमा ४.०३ अंकले गिरावट आएसँगै कारोबार रकममा पनि सुस्तता छाएको हो ।

आज सेयर कारोबार ११ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ भने बजार ११३३.७१ विन्दुमा रोकिएको छ । असोज महिनाको अन्तिम कारोबार दिन १८ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । आज सबैभन्दा बढी सेयर कारोबार प्रभु बैंक लिमिटेडको १ कारोड ९ लाख रुपैयाँ भएको छ ।

त्यस्तै नेप्सेमा सूचिकृत ११ समूहको नै उपसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी उपसूचक गिरावट आउनेमा जीवन बीमा समूह रहेको छ । उक्त समूहको २३.३७ अंकले उपसूचकमा गिरावट आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x