Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

खारेजीमा परेपछि पनि ठगी गर्दै म्यानपावर कम्पनी, ठगी गर्ने म्यानपावर कम्पनीको कार्यलयमा सिलबन्दी

खारेजीमा परेपछि पनि ठगी गर्दै म्यानपावर कम्पनी, ठगी गर्ने म्यानपावर कम्पनीको कार्यलयमा सिलबन्दी

काठमाडौ ६ कार्तिक । धरौटी रकम थप गर्न नसकी खारेजीमा परेका म्यानपावर कम्पनीले बैदेशिक रोजगारीको नाममा ठगी गरेको पाईएको छ । काठमाडौ स्थित सिलिंक ओभरसिश सर्भिसले बैदेशिक रोजगार विभागको निर्देशन विपरित रोजगारीमा लैजाने भन्दै सर्वसाधारणलाई झुक्काएको विभागले जनाएको छ ।

पिडित निमिका शेर्पा समेतको उजुरीमा विभागले म्यानपावर कम्पनीमा गत सोमबार आकस्मिक अनुगमन गरेको थियो । अनुगमनमा ८० जना व्यक्तिहरु म्यानपावर परिसरमा राहदानी र रकमका लागि कुरिरहेको भेटिएको विभागले जनाएको छ । साथै कम्पनीले विभागको निर्देशन विपरित हाल पनि कार्यालय खडा गरी वैदेशिक रोजगारमा पठाईदिने भनी व्यक्तिहरुसँग रकम र राहदानी संकलन गरिरहेको अनुगमन टोलीको प्रारम्भिक अनुसन्धानमा फेला परेको छ ।
अनुगमन टोली आएको थाहा पाएपछि म्यानपावर संचालक भनिएका अनिस सुन्दास सम्पर्क विहिन भएका छन् । म्यानपावरमा रहेका राहदानी र व्यक्तिहरुले रकम वुझाएको प्रमाण भएका कागजातहरु सुरक्षित गर्नको लागि घर धनी, पत्रकार र सुरक्षाकर्मीको रोहवरमा घरलाई सिलवन्दी गरिएको छ ।

गत भदौ २४ गते वौद्ध प्रहरीले उक्त म्यानपावरले संकलन गरेका करिव १५० जना व्यक्तिहरुको राहदानी सहित कर्मचारीलाई वौद्ध क्षेत्रवाट नियन्त्रणमा विभागमा मानिस सहित राहदानी वुझाएको थियो । जसको हाल विभागले विस्तृत अनुसन्धान गरिरहेको छ । फरार संचालक बिरुद्ध विभागले कानूनी कारवाही अघि बढाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x