Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चालु वर्षको दुई महिनामा १ खर्ब ५५ अर्व रेमिट्यान्स भित्रियो

चालु वर्षको दुई महिनामा १ खर्ब ५५ अर्व रेमिट्यान्स भित्रियो

काठमाडौं, ६ कात्तिक । चालु आर्थिक वर्ष २०७६–०७७ को दुई महिना (साउन, भद्रौ) मा १ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स आय भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.४ प्रतिशतले बढेको थियो । तर यो दुई महिनामा भने ०.३ प्रतिशतले कमि आएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २२.३ प्रतिशतले बढेको थियो ।

तर यो अवधिमा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.० प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.८ प्रतिशतले घटेको थियो ।

आयात–निर्यात
सो अवधिमा कुल वस्तु निर्यात २५.९ प्रतिशतले वृद्धि भई १८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, कुल वस्तु आयात भने १.२ प्रतिशतले घटेर २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँको भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८.५ प्रतिशतले बढेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x