Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल र बंगलादेश व्यापार वार्ता सम्पन्न

नेपाल र बंगलादेश व्यापार वार्ता सम्पन्न

काठमाडौं, ७ कात्तिक । नेपाल र बंगलादेशका प्राविधिक समितिबीच वार्ता सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार, दुई देशका प्राविधिक समितिबीच दुई दिनसम्म चलेको वार्ताका क्रममा भारतसँग समेत छलफल गरेर बंगलादेशको पारवहन उपयोग गर्ने, मल्टिमोडल कनेक्टिभिटी विकास गर्ने लगायतका विषयमा छलफल भएको छ ।

नेपाल र बंगलादेशबीच एक अर्को मुलुकलाई निश्चित वस्तुहरुमा सहज बजार पहुँच दिने विषयमा पनि छलफल भएको छ । बंगलादेशसँगको विगतका वार्ताका क्रममा पनि यस विषयले प्रधानता पाउँदै आएको थियो । तर, नेपाल र भारतबीचको वाणिज्य सन्धिमा नेपालले तेश्रो मुलुकलाई दिने सुविधा स्वतः भारतले पनि प्राप्त गर्ने प्रावधानका कारण नेपालले बंगलादेशका वस्तुलाई सहज बजार प्रवेशको सुविधा दिन सकिरहेको थिएन । भारतसँगको वाणिज्य सन्धि पुनरावलोकनको क्रममा यो विषयलाई पनि समाधान गरिने नेपाली पक्षले वार्ताका क्रममा जानकारी गराएको छ । नेपालको बंगलादेशसँग अघिल्ला वर्षहरुमा व्यापार बचत भएपनि पछिल्ला वर्षहरुमा भने नेपालले त्यो लाभ गुमाउँदै गएको छ ।

बंगलादेश र नेपालबीच पर्यटन र लगानीप्रवद्र्धनका विषयमा पनि छलफल भएको अधिकारीहरुले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x