Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

तिहारमा इन्धन अभाव नहुने, निगमले डिपो खुल्ला राख्ने

तिहारमा इन्धन अभाव नहुने, निगमले डिपो खुल्ला राख्ने

काठमाडौ १० कार्तिक । नेपाल आयल निमगले तिहार बिदाका दिन पनि देशभरका डिपो खुला राख्ने भएको छ। चाडपर्वको समयमा इन्धनको माग बढ्ने भएकाले निगमले डिपो खुला राख्ने भएको हो।

इन्धनको आपूर्ति व्यवस्थालाई सहज बनाउन सातै प्रदेशका डिपो बिदाका दिन पनि आवश्यकताअनुसार खुल्ने निगमले जनाएको छ। उपत्यकामा इन्धन आपूर्तिमा कुनै समस्या नआओस् भनेर थानकोटस्थित डिपो सोमबारसम्म पूर्णरुपमा खुल्ने डिपो प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए। अन्य स्थानको तुलनामा काठमाडौँ उपत्यकामा इन्धनको माग ज्यादा हुने गर्छ । इन्धनको कुनै अभाव हुन नदिन तिहारकका बेला आवश्कयताअनुसार डिपो खोल्ने व्यवस्था मिलाइएको उनले बताए।

थानकोटस्थित डिपोमा पर्याप्त मात्रामा इन्धनको मौज्दात छ। निगमले पेट्रोल पम्पलाई पनि पर्याप्त इन्धन मौज्दात राख्न आग्रह गरेको छ। बिदाका समयमा इन्धनको माग भएमा वितरण प्रणालीलाई सहज बनाउन प्राविधिकसहित १५ कर्मचारीलाई आवश्यकताअनुसार खटाइएको प्रमुख उपाध्यायले जानकारी दिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x