Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

काठमाडौ र बेइजिङ जोडियो, हिमालयन एयरलाइन्सले सुर गरयो उडान

काठमाडौ र बेइजिङ जोडियो, हिमालयन एयरलाइन्सले  सुर गरयो उडान

काठमाडौँ १० कार्तिक । निजी वायु सेवा कम्पनी हिमालयले बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा आजदेखि व्यावसायिक उडान शुरु गरेको छ। । नेपालको राजधानी काठमाडौँ र बेइजिङ जोड्ने हिमालय पहिलो एयरलाइन्स भएको छ।

हिमालय एयरलाइन्सले १५८ सिट क्षमताको एयर बस ३२० जहाजबाट काठमाडौँ–बेइजिङ उडान औपचारिक रुपमा सुरु गरेको हो। बेइजिङ सिधा उडान नेपालको नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा सावित हुने हिमालय एयरलाइन्सले एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ।

हिमालयको बेइजिङ उडान शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हिमालय एयरलाइन्सले चीनसँगको हवाई सम्पर्क विस्तारले भ्रमण वर्षको अवधिमा चीनबाट पाँच लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई पूरा गर्न महत्वपूर्ण योगदान गर्ने व्यावसायिक सफलताको कामना गरे।

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले नेपाल अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तब्य भएको र चिनियाँ नागरिकका लागि पदयात्रा गर्न नेपाल दक्षिण एशियाकै मुख्य रोजाइमा पर्ने गरेको बताए। कम्पनीका अध्यक्ष झो एन्योङ्ले काठमाडौँ–बेइजिङ सिधा उडानले नेपालमा चिनियाँ पर्यटकको सङ्ख्यामा बढोत्तरी हुनका साथै आर्थिक गतिविधि पनि बढ्ने विश्वास व्यक्त गरे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६५ जना यात्रुसहित बिहान ८.३० बजे हिमालयको जहाज पहिलो उडान एच ९६६५ बेइजिङ गन्तव्यमा उडेको थियो। हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार बिहान उडेको जहाज आज राति पौने १० बजे काठमाडौँ फर्किने तालिका छ। हिमालयले सातामा तीन दिन आइतबार, मङ्गलबार र शुक्रबार उडान गर्ने तालिका छ। यो रुटमा एकतर्फी न्यूनतम भाडा दर रु २४ हजार पर्ने जनाइएको छ।

कम्पनीसँग अहिले दुई थान ‘न्यारोबडी’ जहाज छन्। अर्को जहाज भियतनामको ब्याम्बो एयरलाई भाडामा दिइएको छ । उक्त विमान एक महीनाभित्र फिर्ता ल्याइने कम्पनीले जनाएको छ । हिमालयले नयाँ लगानीकर्ता फेरिएसँगै रणनीतिक योजनका साथ कम्पनीको संस्थागत लोगो परिवर्तन गरेको छ । हिमालको चुचुरोमा उड्दै गरेको चीललाई अङ्कित गर्दै बनाएको नयाँ लोगो फेरी जहाजलाई नयाँपन दिइएको हो ।

हिमालयले बेइजिङसँगै सन् २०१९ भित्रै चीनका अन्य तीन शहर क्रमशः गुयाङ, चाङ्सा र नाङचिङमा हप्ताको एक उडान गर्ने तयारी गरेको छ ।

नेपाल र चीनबीच दुई दशकपछि गत साउन १० गते हवाई सेवा सम्झौता पुनरावलोकन सम्झौता भएको थियो । उक्त सम्झौतापछि अब ९८ उडान गर्न सक्नेछ । सातामा ७० उडान हुँदै आएकामा १८ उडान थपिएको थियो । चीनको बेइजिङ, ल्हासा, साङ्घाई, कुनमिङ, ग्वान्जाओ, छेन्दु, सियानलगायत गन्तव्यमा नेपाली जहाजले उडान भर्नए पाउनेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x