Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

सीएनआई र एनआरएन सहकार्य

सीएनआई र एनआरएन सहकार्य

काठमाडौं, १० कार्तिक
नेपाल उद्योग परिसंघ र गैरआवासीय नेपाली संघ बिच नेपालमा लगानी प्रर्वद्धन गर्ने तथा विदेशमा नेपाली उत्पादनको प्रर्वद्धन गरि निर्यात व्यापार अभिवृद्धि गर्ने सहमति भएको छ । यसका लागि उद्योग परिसंघ र गैरआवासी नेपाली संघले सहमति पत्रमा बुधवार काठमाण्डौमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा परिसंघका अध्यक्ष सतिशकुमार मोर र संघका नवनिर्वाचीत अध्यक्ष कुमार पन्तले हस्ताक्षर गरेका हुन् । सो अवसरमा नेपाल उद्योग परिसंघले गैरआवासिय नेपालीसंघको नेतृत्वलाई परिसंघको कार्यालयमा स्वागत गर्दै नेपालमा गैरआवासिय नेपालीहरुको लगानी प्रवर्धन गर्ने, औद्योगिक विकासमा सिप तथा प्रविधि हस्तान्तरण गर्ने र विदेशमा नेपाली वस्तु तथा सेवाको निर्यातका लागि सहकार्यको आवश्यकता रहेकोले मिलेर काम गर्न सकिने जानकारी गराएको छ ।
सो अवसरमा परिसंघका अध्यक्ष मोरले लगानीका प्रमुख क्षेत्रहरु पूर्वाधार, जलविद्युत, पर्यटन, बैंकिङ्ख आधुनिक कृषि तथा सञ्चार प्रविधि लगायतका क्षेत्रमा गैरआवासिय नेपालीहरुको लगानी रहेको भन्दै थप लगानी तथा साझेदारी बढाउन आग्रह गरेका छन् । औद्योगिक क्षेत्रमा लगानी बढाउदाँ नेपालको अर्थतन्त्र सबल हुने र रोजगारी विस्तार हुने भएकाले गैरआवासिय नेपालीहरुले परिसंघसंग गरेको सहकार्य परिणामुखी हुने उनको भनाई थियो । परिसंघका उपाध्यक्षहरुले गैरआवासिय नेपाली संघले अघि बढाएको लगानी फण्डलाई सकेसम्म छिटो परिचालन गर्न सुझाव दिएका थिए ।
छलफलका क्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपालको उत्पादनमुलक क्षेत्रमा गैरअवासीयहरुको तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन संघले परिसंघ संग सघन सहकार्य गर्न अग्रसरता लिएको बताए । नेपाल उत्पादन तथा ब्राण्ड र पर्यटन प्रर्वद्धनमा आपसी सहकार्य फलदायी हुने भन्दै उनले आगामी दिनमा सहकार्य प्रगाढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष कुमार पन्त सहित उपाध्यक्ष डा. बद्री के. सी. र नेपाल उद्योग परिसंघको तर्फबाट अध्यक्ष सतिशकुमार मोर सहित निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु निवार्ण चौधरी, अनुज अग्रवाल, राजेश अग्रवाल, सुलभ अग्रवाल लगायतको सहभागिता थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x