Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

४ अर्ब रुपैयाँको भाईमसला आयात

४ अर्ब रुपैयाँको भाईमसला आयात

काठमाडौ, १२ कार्तिक । तिहारमा दिदि बहिनीले दाजुभाईलाई टिकाका साथै भाई मसला पनि दिने प्रचलन छ । त्यसैले तिहारका समयमा भाईमसलाको बिषेश व्यापार हुने गर्छ । प्रत्येक बर्ष भाईमसलाको भाग बढ्दै गए पनि नेपालका तिहारका लागि आवश्यक भाईमसाला तथा फलफुलका लागि परननिर्भर रहनु परेको छ ।

भन्सार विभागका अनुसार नेपालमा तिहारका लागि आवश्यक मानिने मसलाजन्य वस्तु करिब ४ अर्ब रुपैयाँको हाराहारीमा आयात हुने गर्छ । तथ्यांक अनुसार चालू आथिर्क वर्षमा ३५ लाख केजी नरिवल आयात भइसकेको छ। यसैगरी, ३ लाख १४ हजार केजी काजु, २ लाख ४० हजार केजी ओखर, ५४ हजार केजी पेस्ता, ९ लाख ५६ हजार केजी खजुर, छोकडा आयात भएको छ। नेपालमा सबैभन्दा बढी भाइमसला भारतबाट आउने गरेको छ। भारतसँगै चीन, अमेरिका भियतनाम, युएई, थाइल्याण्ड, कतार लगायतका दर्जनभन्दा बढी मुलुकबाट मसला जन्य सामग्री आयात हुने गरेको छ।

तिहारमा दाजुभाइलाई ओखर, मिस्री, नरिवल, छोकडा, खजुर, मखन, सुकुमेल, ल्वाङ, काजु, बदाम, पेस्ता, दालचिनी, खुर्पानीलगायतका भाइमसलाको रुपमा प्रयोग गरिन्छ । यीनिहरूको मूल्य फरकफरक निर्धारण गरिएको छ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष भाइ मसलाको मूल्य खासै नबढेको व्यापारीहरु बताउँछन् । एक दुई थरीका मसालको मात्रै मूल्य बढेको उनीहरुले बताए । यो वर्ष सुकुमेलको मूल्य भने दोब्बर बढेको छ। अघिल्लो वर्ष प्रतिकेजी २ हजार ५ सय रहेको सुकुमेल यस वर्ष प्रतिकेजी ४ हजार ५ सय देखि ५ हजार ५ सयसम्म पुगेको व्यापारीले बताए ।

त्यस्तै काजुको मुल्य प्रतिकेजी १ हजार ५ सय देखि १ हजार ८ सयसम्म छ। बदामको मूल्य प्रतिकेजी १२ सय, पेस्ता प्रतिकेजी १५ सय देखि १९ सयसम्म, ओखर प्रतिकेजी ६ सय, अघिल्लो वर्ष प्रतिकेजी ४ सय ५० देखि ५ सयसम्म रहेको नरिवल प्रतिकेजी ४ सयसम्म, मिश्री १ सय ७० देखि ४ सयसम्म, अन्जिर १२ सय, खुर्पानी १ हजार, सुपारी ६ सयदेखि ८ सय सम्म, ल्वाङ प्रतिकेजी १८ सय, दालचिनी प्रतिकेजी ५ सय ५० रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x