माथिल्लो त्रिशुलीमा १ को वित्तिय व्यवस्थापन आज
काठमाडौ १५ कात्तिक । बेलायतको कमनवेल्थ डेभलपमेण्ट कर्पोरेशन (सीडीसी) ग्रुपले माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा साढे ५ अर्ब रुपैयाँ (५ करोड डलर) ऋण लगानी गर्ने भएको छ । सीडीसी ग्रुप र आयोजनाको प्रबद्धक नेपाल वाटर इनर्जी डेभलपमेण्ट कम्पनी बिच शुक्रबार ऋण लगानी सम्झौता हुँदैछ ।
२१६ मेगावाटको माथिल्लो त्रिशुली १ आयोजनामा कोरिया र नेपालको संयुक्त लगानी छ । आयोजनाले सीडीसी लगायत अन्य ९ ओटा विदेशी बैकसँग पनि ऋण लगानी सम्झौता गर्दैछ । अन्य बैकसँग आयोजनाले ५० अर्ब रुपैयाँ बराबरको ऋण लगानी सम्झौता गर्ने भएको हो । आयोजना सन् २०२४ मा सम्पन्न हुनेछ ।
सीडीसीले यस अघि विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ । ग्रुपले नेपालको बाणिज्य बैकमा पनि ऋण लगानी गरेको छ भने बल्डलिंकको १ अर्ब ३५ करोड सेयर लगानी गरेको छ । सीडीसीले एनएमबी बैकलाई करिब २ अर्ब ऋण प्रदान गरेको छ ।