तिहार पछि पनि सेयर बजारमा देखिएन सुधार

काठमाडौं, १४ कात्तिक । तिहार पछिको पहिलो कारोबार दिन आज सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजार ३.१७ अंकले घटेर ११४६.१७ को विन्दुमा बन्द भएको छ ।

यो साताको आज पहिलो र अन्तिम कारोबा पनि हो ।

कारोबारमा आएका मध्ये होटल, विकास बैंक, उत्पादन तथा प्रशोधन र अन्य समूहको उपसूचकमा सुधार आएको छ भने बाँकी अन्य समूहमा गिरावट आएको छ ।

सेयर कारोबार भने १ सय ५५ कम्पनीको २५ करोड ४३ लाख रुपैयाँ बराबरको भएको छ। त्यसमा पनि सबैभन्दा बढी कारोबार प्राइम कमर्सियल बैंकको प्रमोटर सेयर भएको भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *