सामाजिक सुरक्षा कोषमा आवद्ध हुन एक महिनाको समय थप

काठमाडौं, १४ कात्तिक । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनको लागि एक महिनाको समय थप गरिएको छ। ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेकाले सुरक्षा कोषले आजबाट एक महिनाको समयावधि थप गरेको सूचना प्रकाशित गरेको छ ।

गत असोज मसान्तसम्म सबै रोजगारदाता र श्रमिकलाई कोषमा आवद्ध हुने समयावधि तोकेको थियो । तर सो अवधिमा श्रमिक र रोजगारदाताहरको उलेख्य सहभागिता देखिएन । हालसम्म कोषमा ८ हजार ८ सय १८ रोजगारदाता र एक लाख ९ सय ६८ श्रमिहरु आवद्ध भएका छन् ।

कोषको औपचारिक सुरुवात साउन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *