मुग्लिन–पोखरा सडकखण्ड चार लेनको बनाउन एडिबीले साढे १९ करोड डलर ऋण दिने
काठमाडौं, १४ कात्तिक । एसियाली विकास बैंक (एडिबी) ले मुग्लिन–पोखरा सडकखण्ड स्तरोन्नतीका लागि एक सय १९ करोड ५० लाख डलर सहुलियत ऋण दिने भएको छ । उक्त सडकलाई चार लेनमा स्तरोन्नतीका लागि एडिबीले उक्त ऋण सहायता प्रदान गर्न लागेको हो ।
सडक स्तरोन्नतीले मुलुकको आर्थिक विकासमा टेवा पुग्नुका साथै यात्रा अवधि र खर्च समेत घट्ने विश्वास लिइएको छ।
सडक विस्तारका लागि छिटै टेन्डर आह्वान गरिने जनाइएको छ। निर्माणको जिम्मा दिएपछि तीन वर्ष भित्रमा सक्ने प्रारम्भिक योजना छ । पहिलो चरणमा आँबुखैरेनी–पोखरा चार लेनमा विस्तार हुनेछ भने दोस्रो चरणमा मुग्लिन–आबुखैरेनी सडकखण्डमा काम हुने जानकारी दिइएको छ। आँबुखैरेनी–पोखरा करिव ८१ किलो मिटर र मुग्लिन–आँबुखैरेनी करिव ८ किलो मिटर छ ।